पुनर्बीमा कम्पनीद्वारा साधारण सेयर बिक्री शुरु
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आजबाट एक अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री थालेको छ । धितोपत्र बोर्डले गत फागुन ४ गते कम्पनीलाई साधारण सेयर बिक्रीको लागि अनुमति दिएपछि चैत ४ बाट बिक्री खुला गरिएको हो ।
पछिल्लो समय ठूला कम्पनीहरुको साधारण सेयर बिक्रीका नआएको अवस्थामा पुनर्बीमा कम्पनीको सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० का दरको सेयर बिक्री खुला गरेको हो ।
कम्पनीको १ करोड ६० लाख कित्ता सेयरमध्ये ७३५०० कित्ता आफ्ना कर्मचारीलाई बिक्री गर्दैछ । ८ लाख कित्ता सामुहिक लगानी कोष कम्पनीलाई छुट्याएको छ भने १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयरमा मात्र सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
शेयर भर्नका लागि मेरो शेयर सफ्टवेयर र आस्वा सदस्य संस्थाबाट आवेदन दिन सकिने व्यवस्था मिलाएको आरबिबि मर्चेन्ट बैक लिमिटेडले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्