बाँकेमा पाँच महिनामा २३० जना फरार प्रतिवादी पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले पाँच महिनाको अवधिमा २३० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को साउनदेखि मङ्सिर महिनासम्म अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका २३० जनालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक आयुस प्रसाद जोशीले जानकारी दिनुभयो ।

उनीहरूबाट ६६ बर्ष २७ दिन कैद तथा १९ लाख १९ हजार ७४७ रुपैयाँ जरिवाना समेत असुल उपर गरिएको जोशीले बताउनुभयो । यो अवधिमा विभिन्न खाले ५९५ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छन् । ५६७ जना व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको पनि प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । सर्दै आएका १७० वटा मुद्दाहरू फर्छ्यौट गरिएको छ । ठाडो उजुरी १ हजार ८९८ वटा प्राप्त भएका छन् । त्यसमा १ हजार ५६२ फर्छ्यौट भएका छन् । २६० वटा बाँकी निवेदन फर्छ्यौट प्रक्रियामा छन् ।
महिला बालबालिकासँग सम्बन्धित ५९ वटा मुद्दा दर्ता भएका छन् । त्यसमा २६ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्