तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणले भारतमा थप १ को मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणले थप एकको मृत्यु भएको छ । यो मृत्युसँगै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ३ पुगेको छ । तेस्रो व्यक्ति महाराष्ट्रका हुन् । बीएमसी चिफका अनुसार मर्ने व्यक्तिको उमेर ६४ वर्षको थियो ।

भारतको स्वास्थ्य विभागले नयाँ तथ्यांक अपडेट गरेको थियो । नयाँ तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या १ सय २८ पुगेको छ । जसमा ३८ जना महाराष्ट्रमा छन् ।

यसभन्दा अघि १० मार्चमा कर्नाटकको कलबुर्गीमा ७६ वर्षीया एक व्यक्तिको मृत्यु भएको थियो । उनी संक्रमित हुनुभन्दा केही दिनअघि साउदी अरबबाट भारत फर्किएका थिए । दोस्रो व्यक्ति पश्चिम दिल्लीमा बसोबास गर्ने ६९वर्षीया एक महिलाको १३ मार्चमा निधन भएको थियो । उनका छोरा स्वीट्जरल्यान्ड र इटली हुँदै भारत फर्केका थिए । उनी कोरोना भाइरसबाट संक्रमित भएको पाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button