घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । लामो समयदेखि उतार चढाव भइरहेको सुनको मूल्य मंगलबार घटेको छ । नेपाली बजारमा मंगलबार प्रतितोला २ हजारले घटेर छापावाला सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
सोमबार ७७ हजार ५०० प्रतितोलामा कारोबार भएको सुन मंगलबार ७५ हजार ५०० प्रतितोलामा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ७५ हजार २०० मा कारोबार भइरहेको छ ।आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ७१० तोकिएको छ ।






प्रतिक्रिया राख्नुहोस्