एनपिएल फाइनल: सुदूरपश्चिमले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तानी आशिफ शेखले सम्हालेका छन् । यसअघिको दुई खेलमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो । पहिलो संस्करणको विजेता टोलीले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले ५१ लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्