बिहे गर्नु पूर्व वडाको सिफारिस अनिवार्य
नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ मा विवाह गर्नुपूर्व वडाको अनिवार्य अनुमति सिफारिस लिनुपर्ने भएको छ ।
वडालाई बालमैत्री वडा घोषणा गरिएसँगै बाल विवाह रोक्नका लागि विवाह पूर्व वडाको अनुमति सिफारिसलाई अनिवार्य गरिएको हो ।
बिहेबारी २० वर्ष पारी भन्ने नारालाई सार्थक बनाउनका लागि वडाबाट यस्तो कदम चालिएको वडा अध्यक्ष विमला गुरुङले बताउनुभयो । घर परिवारमा विवाह कार्यक्रम आयोजना गर्नुपूर्व वडा कार्यालयबाट अनिवार्य अनुमति सिफारिस लिनुपर्ने व्यवस्था गरिएको अध्यक्ष गुरुङको भनाई छ ।
गत कार्तिक २६ गते वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्