तपाईँ सुन्दै हुनुहुन्छः

एसइई परीक्षा : तनहुँमा एक मात्र महिला केन्द्राध्यक्ष

दमौली-चैत ६ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तनहुँ जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष नियुक्त हुनुभएको छ । कूल २४ परीक्षा केन्द्रमध्ये एउटा परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष नियुक्त गरिएको शिक्षा विकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिकास्थित मित्रता माध्यमिक विद्यालयका प्रधानाध्यापक सरितादेवी पौडेललाई सोही परीक्षा केन्द्रको केन्द्राध्यक्ष नियुक्त गरिएको एकाइ प्रमुख रमाकान्त शर्माले जानकारी दिनुभयो ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ (संशोधनसहित) बमोजिम परीक्षा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापक माध्यमिक तहका स्थायी शिक्षक भएमा त्यस्ता प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष नियुक्ति गर्ने प्रावधान रहेको छ ।

सो केन्द्रबाट २८७ विद्यार्थीले परीक्षा दिँदैछन् । उक्त परीक्षा केन्द्रबाट आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माध्यमिक विद्यालय, मस्र्याङ्दी जनज्योति आवासीय माध्यमिक विद्यालय, सनसाइन आवासीय माध्यमिक विद्यालय, बालशिक्षा सदन आवासीय माध्यमिक विद्यालय, एक्टिभ ग्रीनल्याण्ड बोर्डिङ स्कूल, छिम्केश्वरी माध्यमिक विद्यालय र फ्युचरस्टार बोर्डिङ स्कूलका विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

जिल्लाका दश स्थानीय तहमा रहेका २४ परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरणसमेत गरिएको एकाइले जानकारी दिएको छ एक थुनुवाले परीक्षा दिँदै यस वर्षको परीक्षामा जिल्ला कारागारमा रहेका एक परीक्षार्थीले परीक्षा दिँदैछन् । जनज्योति माध्यमिक विद्यालय भीमाद परीक्षा केन्द्रबाट सम्मिलित हुने बुचाखानी माध्यमिक विद्यालयका एक विद्यार्थीले परीक्षा दिँदैछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button