तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएल: कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्राे क्वालिफायर खेलमा  कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई एक सय १९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ  गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो । 

कर्णालीका लागि गुलशन झाले २५ रन बनाउनुभयो । यस्तै ओपनर देश खनालले २४, विलियम बसिस्टोले १४, जिसम मक्सुद र युनिस ठकुरीले १२/१२ तथा चादविक वाल्टनले ११ रन बनाउनुभयो । 

बलिङमा जनकपुरका ललित राजवंशी, मोहमद मोसिन र जेम्स निसमले दुई दुई विकेट लिनुभयो । हर्ष थाकर र शेर मल्लले एक एक विकेट झार्नुभयो ।  

फाइनल प्रवेशका लागि दुवै टोलीका लागि यस खेल निकै महत्वपूर्ण छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटले पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि पाएको यो दोस्रो अवसर हो ।

 आजको विजेताले शनिबार फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button