तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुला भिरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ । महाकाली नगरपालिका वाड नम्बर २ डोबाल गाउँकीे २६ बर्षीय बेलमती डोबालको आज दिउँसो भिरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आइतबार बेलुकीतिर घरबाट निस्केकी डोबाल आज मृत फेला परेकी हुन् । घर भन्दा करिव एक किलोमिटर पर भिरबाट दुई सय मिटर तल खसेको अवस्थामा मृतकको शव फेला परेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्तक डोबालका एक छोरा एक छोरी रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button