नेपाल रेडक्रस सोसाईटीले गरेका कामहरुको अनुगमन गर्नुपर्नेमा सांसदहरुको जोड
काठमाडौँ । नेपाल रेडक्रस सोसाईटीले गरेका कामहरुको अनुगमन गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।
प्रतिनिधि सभा, महिला तथा समाजिक समितिको नेपाल रेडक्रसमा भएको अनियमितता सम्बन्धमा परेका उजुरी माथि छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले रेडक्रसको प्राप्त पुजि, निमार्ण गरेका संरचना र आर्थिक अनियमितताका सम्बन्धमा स्थलगत अनुगमन गर्नुपर्नेमा जोडदिनुभयो ।
छलफलमा नेपाल रेडक्रसका अध्यक्ष सन्जिब थापाले आफुहरुमाथि निराधार आरोप लागाइएको भन्नुहुंदै सत्य तथ्य छानबिनका लागि समितिलाई सहयोग गर्ने बताउनुभयो ।
अध्यक्ष थापाले मुलुक संघीतामा जाँदा संस्था नबिकरण गर्न महानगरपालिकाको सिफारिस आवश्यक पर्ने र त्यसका लागि सम्पती कर समेत बुझाउनुपर्ने नियमले आफुहरुलाई अप्ठेरो पर्ने जिकिर गर्नुभयो ।
अध्यक्ष थापाले ऐन नबन्दा पनि कार्य प्रणालीमा अस्पष्टता देखिएको भन्नुहुँदै नेपाल रेडक्रस सम्बन्धी ऐन बनाउनुपर्नेमा जोड दिनुभयो ।
यस अघि नेपाल रेडक्रसमा ब्यापक अनियमितता भएको भन्दै उजुरी परेपछि समितिले उजुरी कर्तासँग पनि छलफल गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्