भेरी नदीमा -याफ्टिङको सफल परीक्षण

सल्यान। भेरी नदीमा जलयात्रा सम्भाव्यता अध्ययन गरिएको छ । भेरी नदीमा सजिलै ¥याप्टिङ गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ ।
शनिवार लगातार तीन दिन भेरी नदीमा ¥याप्टिङको सफल परीक्षण गरिएको छ । सल्लीबजारको भेरी नदी पुलदेखि रैकर धारापानी सम्म यस्तै राइरादेखि अम्रासम्म को सफल परीक्षण गरिएको कर्णाली ¥याप्टिङ एडभेन्चर प्रा.लि.ले जनाएको छ ।
पर्यटन प्रवद्र्धन तथा सडकको वैकल्पिक रुटको रुपमा जलयात्रा परीक्षण निकै सफ भएको बनगाड कुपिन्डे नगरपालिका उपमेयर मञ्जु यरीले बताइन ।
प्राविधिक सहितको टोलीले सफल परीक्षण गरेपछि व्यवसायिक रुपमा ¥याप्टिङ सञ्चालन गर्ने योजना बनाएको उनले बताइन । उनले भनिन ‘दुई चरणका ¥याप्टिङ परीक्षण सफल भएपछि स्थानीय र पर्यटन व्यवसायी उत्साही देखिएका छन ।’
¥याप्टिङलाई व्यवसायिक बनाउन भेरी नदी किनारमा होमेस्टे र कटेजहरु सञ्चालन गर्न स्थानको अध्ययन समेत भई रहेको उपमेयर यरीले बताइन ।
¥याप्टिङलाई पर्यटनसँग जोडेर आर्थिक लाभ लिनु पर्ने स्थानीय कृर्ति बहादुर रानाले बताए । जलयात्राको परीक्षण सफल भएपछि नियमित जलयात्रा गराउन स्थानीय तहले कार्यविधि निमार्ण गर्नु पर्ने उनको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्