तपाईँ सुन्दै हुनुहुन्छः

तानसेनको विद्युत् आपूर्ति सहज गर्न सिटी फिडर जडान

पाल्पा।तानसेन बजार क्षेत्रमा बिद्युत् अनियमित हुने गुनासो बढेपछि विद्युत् आपूर्तिमा सहज बनाउनका सिटी फिडर जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रले तानसेनको १, बराङ्दीमा फिडरको व्यवस्था गरिएको हो ।

लुम्बिनी प्रदेश सांसद वीरबहादुर राना र तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले संयुक्त रुपमा तानसेन नगरपालिका–१ बराङ्दीमा राखिएको मुख्य ट्रान्सफर्मरबाट स्विच अन गरेर विद्युत् फिडरबाट सेवाको शुभारम्भ गर्नु भएको हो । सेवा सुरु भएसँगै बजार क्षेत्रमा लाइन जाने समस्याको अन्त्य हुने भएको छ ।

ग्रामीण क्षेत्रमा हावा, हुरी र अन्य कारणले विद्युत् अवरुद्ध हुँदा तानसेन बजारको लाइन अवरुद्ध हुने अवस्था रहेकोले समस्या समाधानका लागि सिटी फिडर जडान गरी बजार क्षेत्रको विद्युत् आपूर्ति सहज बनाइएको केन्द्रका प्रमुख दिलीप मरासिनीले जानकारी दिनुभयो । उहाँले ग्रामीण क्षेत्रको लाइन र बजार क्षेत्रका केही टोलहरूमा सप्लाई हुने विद्युत् एउटै फिडरबाट आपूर्ति हुँदा बजार क्षेत्रको विद्युत् आपूर्ति असहज हुने गरेकोमा आगामी दिनमा बजार क्षेत्रको विद्युत् आपूर्ति सहज हुने बताउनुभयो ।

पाल्पा वितरण केन्द्रले अब गाउँतिरको विद्युतमा कतै समस्या भए पनि बजार क्षेत्र अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button