बाजुरामा स्कार्पियो दुर्घटना, २ महिलाको मृत्यु
बाजुरा । बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
मृत्यु हुनेमा कन्चनपुर जिल्ला भीमदत्त नगरपालिका–१८ घर भएकी ३१ वर्षीया गायत्री पन्त र सोही नगरपालिका १७ की ५२ वर्षीया राधिका भट्ट रहेकी छन् ।
दुर्घटनामा बाजुराको गौमुल गाउँपालिकाका अन्दाजी २५ वर्षका रमेश धामी, कन्चन पुरको भीमदत्त नगरपालिका १७ का ३९ वर्षीय लोकेन्द्र पन्त र गुलरियाका मोहनदेव भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
घाइते ३ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।
स्कार्पियो बडीमालिका नगरपालिका–८ मार्तडीस्थित अपि होटेल नजिकैको मोडबाट करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरिले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्