कोरोना सतर्कताका लागि गण्डकी प्रदेशको प्रवेशद्वार मुग्लिनमा स्वास्थ्य सहायता कक्ष

तनहुँ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको (कोभिड १९)को रोकथामका र नियन्त्रणमा उच्च सतर्कताका लागि आँबुखैरेनी गाउँपालिकाले आइतबार स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ । गण्डकी प्रदेशको प्रवेशद्वार समेत रहेको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पुलजीपमा सहायता कक्षा निर्माण गरिएको हो ।
सहायता कक्षामा २ जना स्वास्थ्यकर्मीहरु बसेर जनचेतनामुलक सन्देश प्रदान गर्ने र सावुनपानीले हात धुन सिकाउने कार्य गरेका छन् । सो कार्यक्रमको उद्घाटन आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले सावुनपानीले हात धोएर गर्नुभएको थियो । 
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले कोरोनो भाईरस (कोभिड १९) ले विश्वभर धैरे व्यक्तिहरुको ज्यान लिईसकेको हुँदा मृतकको आत्माको शान्तीको कामना गर्दै यस्ता रोग लाग्नबाट सजग रहनका लागि सम्पूर्णलाई अनुरोध गरेका थिर्नुभयो । उहाँले भन्नुभयो ’पृथ्वी राजमार्गको मुग्लिन हुदैं दैनिक हजारौ मानिस आवातजावत गर्ने भएकाले मुग्लिन पुलजिपमा सहायता कक्ष राखिएको हो ।’
उक्त कार्यक्रममा २ जना स्वास्थ्यसँग सम्बन्धीत कर्मचारीलाई सहायता केन्द्रमा १५ दिन राखिने गाउँपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्