तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना आशंकामा अस्पताल भर्ना भएका बुटवलका युवकको रिर्पोट नेगेटिभ

काठमाडौँ। कोरोना आशंकामा अस्पताल भर्ना भएका बुटवलका युवकको रिपोर्टमा कोरोना नदेखिएको पुष्टी भएको छ । कोरोनाको संक्रमणको आशंकामा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ति २१ वर्षका युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको अस्पतालले जनाएको छ ।

यद्यपी अस्पतालका मेडिकल सुपरिटण्डन डा. राजेन्द्र खनालका अनुसार ‘कोरोना भारइरस सं’क्रमणको जस्तै मिल्दो लक्षण देखिएकाले आइसोलेसन वार्डमा राखेर उपचार थालिएको छ । उनले केही समय अगाडी दक्षिण कोरियाली नागरिकसँग एउटै कार्यक्रममा भाग लिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button