विद्युत हुकिङ्ग गरी चोरी गर्ने १७ जना पक्राउ

बीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्सा र विद्युत प्राधिकरण पोखरीयाको संयुक्त टोलीले अवैध रुपमा विद्युत चोरी गर्ने १७ जनालाई पक्राउ गरेको छ ।
गएराति अनुगमनको क्रममा पर्साको बिभिन्न स्थानबाट विद्युतको मुख्य तारमा हुकलगाई विधुत चोरी गरी प्रयोग गरेको आरोपमा पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका निवासी सुरुज महरा, जोखु माझी, अरुण महतो, जुमन मिया, खलिल मिया, हरि माझी, बली माझी, वडा नम्बर ५ बस्ने कृष्ण माली भगत, रुपेश मुखिया, मुकेश मुखिया, अलख प्रसाद यादव, ईस महमद मिया लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी टोलीले पर्सागढी नगरपालिका वडा नम्बर ७ बस्ने शिवचन्द्र दास, सुरेन्द्र सहनी, पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बस्ने मुनिलाल दास, विन्दवासिनी गाउँपालिका ६ बस्ने जयकरण सिंह र बहुदरमाई नगरपालिका २ बस्ने पप्पु पटेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्