पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका छपाई प्रज्ञा छापाखानाबाट हुने
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालय अन्तर्गतका सबै निकायका छपाई अब प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको छ ।

आइतबार मन्त्रालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले मन्त्रालय अन्तर्गतका निकाय र मन्त्रालय सम्वद्ध निकायहरूबाट गरिने छपाइसम्बन्धी कार्य नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा छापाखानाको अधिकतम् क्षमताले भ्याएसम्म सोही छापाखानाबाट मात्र छपाई गर्ने निर्णय गरेको हो ।
बैठकले प्रज्ञा छापाखानाको क्षमता अनुरुप गर्न सकिने छपाइका कार्यहरूको विवरण सहितको जानकारी र प्रतिष्ठानको छपाइसम्बन्धी कार्यविधि उल्लेखित सबै निकायहरूलाई प्रतिष्ठानले लेखी पठाउने निर्णय गरेको छ ।
मन्त्रालयको यो निर्णयसँगै हाल कुल सञ्चालन क्षमताको १५ प्रतिशतमा मात्र सञ्चालित छापाखाना पूर्ण क्षमतामा सञ्चालनमा आउने छ । यो निर्णयपछि वार्षिक रुपमा १२ करोड रुपियाँ बढीको छपाइ प्रज्ञा छापाखानाबाटै हुने छ भने राज्यको तीनदेखि चार करोड जोगिने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्