तपाईँ सुन्दै हुनुहुन्छः

साङ्गीतिक छोटो फिल्म ‘कोठा’ सार्वजनिक 

काठमाडौँ I साङ्गीतिक छोटो फिल्म ‘कोठा’ सार्वजनिक गरिएको छ । 

शनिवार काठमाडौँको एभरेष्ट फिल्म एकेडेमीमा एक कार्यक्रमको आयोजना गरी  छोटो फिल्म ‘कोठा’ सार्वजनिक गरिएको हो । आर्ट घरको निर्माणमा तयार भएको उक्त साङ्गीतिक छोटो फिल्मलाई भीष्म जोशीले तयार गर्नुभएको हो ।

जोशीको कथा तथा कन्सेप्टमा तयार साङ्गीतिक फिल्ममा काठमाडौँमा डेरा गरेर भविष्य खोजिरहेको युवाको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ ।

सपनाका पोका बोकेर काठमाडौँ  छिरेको ग्रामीण ठिटो र उसका भोगाइलाई फिल्ममा देख्न सकिन्छ । निर्देशक जोशीले सहरमा भविष्य खोजिरहँदा गाउँमै छुटेका अतीतहरू अनि सहरमा भेटिएका र देखिएका रहरहरूको संयोजनलाई फिल्ममार्फत देखाउनुभएको छ ।

गायक सङ्गीतकार प्रशान्त सिवाकोटीको आवाज तथा सङ्गीतमा सार्वजनिक कोठामा आधुनिक र लोक दुवै लय सुन्न सकिन्छ । 

साङ्गीतिक फिल्म सार्वजनिक कार्यक्रममा निर्देशक जोशीले  गीतलाई गाउँबाट सहर आए पछिका आफ्नै भोगाइ र अनुभूतिहरूलाई सँगालेर कोठा तयार गरेको बताउनुभयो । धेरै नेपाली दर्शक तथा श्रोताहरूलाई साङ्गीतिक फिल्मले छुनेमा पनि आफू विश्वस्त रहेको बताउनुभयो ।

नव–कलाकार प्रवीणकुमार पाण्डेको मुख्य अभिनय रहेको यस साङ्गीतिक फिल्ममा सबि थापा, सरोज खड्का, कल्पना साही र शीतल पाण्डेको अभिनय रहेको छ । यसै गरी सन्तोष बिस्ट, सृष्टि एैर, सागर भुसाल र अनिल दाहालको पनि अभिनय रहेको छ ।

सरोज श्रेष्ठको छायाङ्कन, रिदेन श्रेष्ठ र धिरज अधिकारीको सम्पादन रहेको यस साङ्गीतिक फिल्ममा निर्देशक जोशी र  कवि देव व्रतको शब्द सुन्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button