ब्राउन सुगरसहित झापाको भद्रपुरबाट एकजना पक्राउ

भद्रपुर, झापा । झापाको सदरमुकाम भद्रपुरबाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ बिर्तामोड नगरपालिका–८ का ३८ वर्षीय बमबहादुर तामाङलाई चार ग्राम एक सय ३० मिलिग्राम ब्राउनसुगर सहित भद्रपुर–५ को समाक्षेत्रबाट पक्राउ गरेको हो ।
लागुऔषधसहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्