पाँच फीट बाक्लो असिनापानीले अर्घाखाँचीको शितगंगामा करोडौको क्षती

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालीकामा चैत १ गते राती परेको असिना पानीका कारण करौडौको क्षती भएको छ ।
चैत १ गते राती परेको असिना पानीका कारण शितगंगा नगरपालीका ३,४,१० र १२ वडामा कृषकहरुले लगाएको तरकारी, फलफूल र अन्नबाली पुर्णरुपमा क्षती भएको छ भने व्यबसायिक रुपमा बनाईएका फर्महरु समेत भत्किएका छन् ।

अत्याधिक मात्रामा परेको असिनाका कारण कमजोर अबस्थाका घर तथा गोठहरु भार थाम्न नसकेरै भत्किएका छन् ।
शितगंगा नगरपालीका ३,४,१० र १२ वार्डमा रहेका २ हजार घरधुरी असिना पानीको प्रत्यक्ष मारमा परेका हुन् । यस क्षेत्रका दुइ हजार घरधुरीमा बिस करोड बराबरको तरकारी, फलफूल र अन्नबालीमा क्षती भएको छ भने प्रारम्भीक जानकारी अनुसार ५० लाख बराबरको घर तथा गोठहरु भत्किदा क्षतीको भएको छ ।
चार फिटसम्म परेको असिनाले शितगंगा नगरपालीकामा हिमाली क्षेत्रको झल्को दिइरहेको छ । प्राकृतिक बिपदको यस घडिमा सबै क्षेत्रबाट सहयोग गर्न नगरप्रमुख सुर्यप्रसाद अधिकारीले अपिल गर्नुभएको छ । सन्धिखर्क गोरुसिङ्के सडक अन्तर्गत सितापुर चाक्ला खण्डमा सडकमा असिना जमेका कारण यातायातका साधनहरु रोकिएका छन् । सडकमा चार फिटसम्म असिना जमेका कारण सडक अबरुद्घ भएको हो ।









प्रतिक्रिया राख्नुहोस्