‘समृद्ध नेपालको परिकल्पना साकार पार्ने अभियानमा सरकार’
वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवले जन भावनालाई सम्बोधन गरी समृद्ध नेपालको परिकल्पना साकार पार्ने अभियानमा सरकार जुटेको बताउनुभएको छ ।
जनता समाजबादी पार्टी पर्साद्वारा वीरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका केन्द्रिय उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले पार्टीको विचार र उद्देश्यलाई आत्मसात् गर्दै सङ्गठनलाई थप सुदृढ र प्रभावकारी बनाउँदै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
मन्त्री यादवले जनताको घरदैलोमा पुगेर समस्या समाधानका लागि जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख एवं जसपाका केन्द्रिय सदस्य राजेशमान सिंहले जनताको समस्यालाई सम्बोधन गर्न र विकासको कार्यसूचीलाई अगाडी बढाउन सबैको साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्