तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य तोलामा १५ हजार नौ सयले घट्यो

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपियाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० रुपियाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रुपियाँमा किनबेच भइरहेको छ । आन चाँदी तुलनामा प्रतितोला एक सय १५ रुपियाँ घटेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button