कृषकहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण
बारा । बाराको करैयामाई गाउँपालिकाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँ बीउ वितरण गरेको छ ।
गहुँ खेतीका लागि कृषकहरूले गाउँपालिकासँग गुहको बिउ माग गरिएकोमा पालिकाले सो अनुरुप कृषि सामग्री कम्पनी बागमती प्रादेशिक कार्यालय सँग एनएल ९ सय ७१ जातको १ सय २५ क्विन्टल गहुँको बीउ खरिद गरि गहुँ खेती गर्ने कृषकहरूलाई बिउ वितरण गरेको गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवले जानकारी दिनुभयो ।
खेतीका लागि कृषकहरूलाई समयमा बिउ उपलब्ध गराएकोले यस बर्ष गहुँ उत्पादनमा समेत वृद्धि हुने आँकलन रहेको उहाँले बताउनुभयो ।
गुहको खेती शुरु भएसँगै बारा जिल्लाको १६ वटा पालिकाहरुले किसानहरूलाई सजिलो होस् भन्ने उद्देश्यले गुहको बिउमा ५० प्रतिशत अनुदानमा दिने गरेपछि जिल्लाका किसानहरू हर्षित भएको महागढीमाई नगरपालिका वडा नम्बर ९ का किसान रामेश्वर दासले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्