एनआरएनएको सहयोगमा विद्यालय भवन निर्माण
जाजरकोट । जाजरकोटमा गैर आवासीय नेपाली सङ्घ एनआरएनए बेल्जियमको सहयोगमा तीन कोठे विद्यालय भवन निर्माण भएको छ । जाजरकोटको नलगाड नगरपालिका वडा न-४ बाउसेखोलाा भवन निर्माण भएको वडा अध्यक्ष बद्री पन्तलेरेडियो नेपाललाई जानकारी दिनुभएको छ । गत वर्ष भूकम्पले ज्ञानोदय प्राथमिक विद्यालयको सात कोठे विद्यालय भवन भत्काएपछि विद्यार्थीलाई पठनपाठनमा निकै समस्या भएको थियो । भवन निर्माणको लागि एनआरएनए बेल्जियमलाई अनुरोध गरिएको थियो ।
गैर आवासीय नेपाली सङ्घ एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले जाजरकोटमा भूकम्पको कारण विद्यालय भवन भत्केको र निर्माणको लागि सहयोग गरिदिन अनुरोध गरेपछि बेल्जियममा रहेको शाखाका साथीहरू बसेर जाजरकोटमा एउटा विद्यालय भवन बनाउने विषयमा छलफल गरेको बत्ताउनुभयो। सबैलाई सहयोगका लागि हामीले अनुरोध गर्यौ र ३० लाख रकम जम्मा गरेर विद्यालय निर्माणको लागि पठाएको अध्यक्ष सापकोटाले बताउनुभयो । छोटो समयमा विद्यालय भवन निर्माण भएको उहाँले बत्ताउनुभयो । तीन कोठे विद्यालय भवन सँगै दुई कोठे शौचालय पनि बनाउनुभएको छ हामी यसैमा खुसी छौ, अध्यक्ष सापकोटाको भनाइ छ ।
“भूकम्पले सात कोठे भवन भत्काइदियो विद्यार्थीलाई खुल्ला ठाउँमा राखेर पठनपाठन पर्ने बाध्यता आयो” विद्यालयका प्रधानाध्यापक हजारी परियारले भन्नुभयो । एनआरएनए बेल्जियमबाट ३० लाख सहयोग आयो,हामीले ३ कोठाको भवन र २ कोठे शौचालय निर्माण गर्न सफल भएका छौ, प्रधानाध्यापक परियारले बत्ताउनुभयो । मङ्गलवार देखि नयाँ विद्यालय भवनमा ३,४ र ५ कक्षाका विद्यार्थी राखेर पठनपाठन सञ्चालन गरिएको छ । विद्यालय भवन बनेपछि बाउसे खोला गाउँका बालबालिकाहरूलाई सहज भएको अभिभावक धनबहादुर बोहराले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्