तपाईँ सुन्दै हुनुहुन्छः

जी –२० नेताहरूद्वारा प्रमुख चुनौतीहरू र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान

ब्राजिल । जी–२० नेताहरूले प्रमुख भूराजनीतिक, सामाजिक आर्थिक, जलवायु र वातावरणीय चुनौतीहरू तथा सङ्कटलाई तत्काल सम्बोधन गर्न मङ्गलबार जारी जी–२० रियो दी जेनेरियो घोषणापत्र मार्फत आह्वान गरेका छन् ।

 नेताहरूले जी–२० को भूमिकालाई दोहर्‍याउँदै  अत्यावश्यक अन्तर्राष्ट्रिय सहयोग र राजनीतिक अभियानको माध्यमबाट वर्तमान चुनौतीलाई सम्बोधन गर्न उपयुक्त रहेको औँल्याउँदै दिगो विकासका लक्ष्यप्रति दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । 

 उनीहरूले घोषणापत्र मार्फत विश्व अर्थतन्त्रको सुधारिँदो सम्भावनालाई आत्मा साथ गर्दै बलियो, दिगो, सन्तुलित र समावेशी विकासका साथ सहज जीवनयापन र वित्तीय दिगोपनको रक्षा गर्ने  वाचासमेत गरेका छन् । रासस/सिन्ह्वा 

प्रतिक्रिया राख्नुहोस्

Back to top button