तपाईँ सुन्दै हुनुहुन्छः

हुलाकी राजमार्ग निर्माणमा गैरजिम्मेवार

नवलपरासी,पश्चिम् । बर्षौ सम्म हुलाकी राजमार्ग नबन्दा जनता आजित मात्रै होइन आक्रोशित बनेका छन् ।बाटो नबनेपछि जनप्रतिनिधि नै आमरण अनशन बसेपछि भएको पटक पटक भएको सहमति कार्यान्वयन नभएपछि यस क्षेत्रका नागरिक र जनप्रतिनिधि नै आजित बनेका हुन ।

नारायण चोकदेखि प्रतापपुर बेलाटारी हुलाकी राजमार्गको ६.५ किलोमिटर सडक ६ बर्ष सम्म निर्माण नभएपछि प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव सहितका जनप्रतिनिधि आमरण अनशन बसेका थिए।सो पश्चात् सम्बन्धित ठेकेदार पक्ष,लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भुमिश्वर ढकाल र जनप्रतिनिधि बिच काम सुरु गर्ने भनी भएको समती कार्यान्वयन हुन सकेन ।सहमति कार्यान्वयन नभएपछि यस विषयमा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले पुनः ध्यानाकर्षण गराउनु भएको हो ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै हुलाकी राजमार्गको विषयमा सरोकारवालाहरूलाई पुनः ध्यानाकर्षण गराउनु भएको छ । अध्यक्ष यादवले नारायण चोकदेखि बेलाटारी हुलाकी राजमार्गको ६.५ किलोमिटर सडक समयमा निर्माण नगरिएको विषयमा ध्यानाकर्षण गराउनु भएको हो ।

यसअघि अध्यक्ष यादवले जनप्रतिनिधिहरूको रिले अनशन र आमरण अनशन गर्दै दबाब दिनु भएको थियो । आमरण अनशन बसेर दबाब दिनु भएका अध्यक्ष यादवलाई २०८१ असोज २ गतेदेखि काम शुरु गर्ने भनि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले जुस खुवाएर अनसन तोड्नु भएको हो ।

काम शुरु गर्ने भनिएपनि हालसम्म काम शुरु नहुनु दुखद भएको भन्दै अध्यक्ष यादवले अझै पनि सम्बन्धित पक्षहरू गम्भीर नभए कडा सङ्घर्षको बाटो अख्तियार गर्ने चेतावनी दिनुभएको छ । “हामीले घचघच्याउने हो,ताकेता गर्ने हो,अनशन बस्यौ पटक पटक आन्दोलित बन्यौ,पटक पटक सहमति तोडिन्छ सङ्घर्ष गर्नु बाहेक हाम्रो हातमा अन्य कुरा पनि रहेन,कुनै कसर छोडेका छैनौ,अब अन्तिम सङ्घर्ष हुनेछ त्यो अकल्पनीय हुन्छ”यादवको चेतावनी छ।भोलि नै यस विषयमा सङ्घीय सरकारका भौतिक पूर्वाधार मन्त्रीलाई जानकारी गराइने यादवले जानकारी दिनुभयो ।

सो सडकखण्ड बज्र महालक्ष्मी जे.भी.कम्पनीले ठेक्का लिएको ६ पुगेको छ । यस अघि प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवले शुरुगर्नु भएको आन्दोलनका कार्यक्रमलाई अन्य ६ वटै पालिकाले ऐक्यबद्धता जनाएका थिए ।

आन्दोलन पश्चात् काम सुरु गरेझैँ गरेको कम्पनीले पुनः काम बन्द गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button