तपाईँ सुन्दै हुनुहुन्छः

बारामा १ अर्ब ५१ करोड बराबरको भदैया धान उत्पादन

बारा । बारामा यस वर्ष १ अर्ब ५१ करोड ३ लाख २० हजार बराबरको ४८ हजार ७ सय २० मेट्रिक टन भदैया धान उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहका अनुसार किसानहरुले ३ सय हेक्टर क्षेत्रफल खेती गरेको भए पनि उत्पादकत्वमा कमी नभएको हो । कृषकहरूले गत वर्ष ११ हजार ९ सय हेक्टर क्षेत्रफलमा खेती गरेकोमा यस वर्ष कुल ११ हजार ६ सय हेक्टर खेती गरेको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी रामजिवन ठाकुरले बताउनुभयो ।

उत्पादित धान व्यापारीहरूले गाउँ, खेतमा गई प्रति क्विन्टल ३ हजार १ सयमा खरिद गर्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button