तपाईँ सुन्दै हुनुहुन्छः

म्याद थपका लागि पूर्वगृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइयो

पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको छ ।

यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराएको हो ।

रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button