वसुन्धरा पार्कमा पोखरा कुनमिन मित्रता पार्क निर्माण
पोखरा । पोखराको बैदाममा रहेको वसुन्धरा पार्कमा पोखरा कुनमिन मित्रता पार्क निर्माण गरिएको छ ।
चाइना सरकारको सहयोगमा निर्माण भएको उक्त पार्कको शुक्रबार एक समारोहबिच चाइनाको युनान प्रान्तका खेल ब्युरोका महानिर्देशक याङ जोङहुवा, नेपाल स्थित चाइनिज राजदूत छन सोङ, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिनाले संयुक्त रुपमा अनावरण गर्नुभयो ।
उक्त कार्यक्रममा पोखरा महानगरका विभिन्न वडाका वडा अध्यक्ष, पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतको सहभागिता रहेको थियो ।
चाइना सरकारले पोखरा महानगरसँगको सहकार्यमा उक्त पार्क निर्माण गरेको हो ।
यसैबिच, शनिबार पोखरामा हुने तेस्रो क्रस कन्ट्री पर्वतीय दौड प्रतियोगिताको लागि पोखरा आएको एक टोलीले पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा फोटो प्रदर्शनी गरेको छ । उक्त फोटो प्रदर्शनी समेत टोलीले अवलोकन गरेको सङ्ग्रहालयका निर्देशक निर्मला न्यौपानेले जनाउनुभयो ।
त्यस्तै टोलीले पोखराको ड्याम साइडमा रहेको एस हेल्पिङ हेण्डको हस्तकलाको उद्योग समेत अवलोकन गरेको थियो । अपाङ्गता भएकाहरूलाई समेत गरी ७२ जनालाई रोजगार दिएका हेल्पिङ हेण्डका सञ्चालक दिनेश कुमार थापा सहितको टोलीले चाइनिज टोलीलाई आफ्नो उद्योगमा नेपाली ढाका टोपी लगाई स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्