तपाईँ सुन्दै हुनुहुन्छः

कृषिमन्त्री अधिकारी मेक्सिको प्रस्थान

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी आज मेक्सिको प्रस्थान गर्नुभएको छ ।

मन्त्री अधिकारी मकै र गहुँ बालीको प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (CIMMYT) ले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।

मन्त्री अधिकारी मकै र गहुँबाली प्रवर्द्धन सम्बन्धी दुई पक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुने कार्यक्रम रहेको छ । छलफलबाट नेपाल सरकार र उक्त संस्थाबीच भएको १० वर्षीय सम्झौता अनुरूपका अनुसन्धान तथा विकासका क्रियाकलापहरू र संयुक्त कार्यक्रम विकासको योजना तयार गरिनेछ ।

मन्त्री अधिकारीले मेक्सिकोको कृषि सम्बन्धी अधिकारी र आयोजक संस्थाका प्रमुखसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

मन्त्री अधिकारीको भ्रमणले नेपालको कृषि विकास रणनीति र नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशक अनुरूपका क्रियाकलापहरूमा सहयोग पुग्नेछ ।

मन्त्री अधिकारीको साथमा मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ, हरिबहादुर केसी, मन्त्री अधिकारीका नीजि सचिव रोशन अधिकारीलगायत हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button