नेप्सेमा दोहोरो अङ्कले गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक विहिबार दोहोरो अङ्कले घटेको छ ।
मङ्गलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार विहिबार नेप्से झण्डै ४६ अङ्कले घटेर एक हजार ३७७.१८ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ ।
कारोवारका आधारमा विहिबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको करीब २० करोड रुपैयां बराबरको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्