तपाईँ सुन्दै हुनुहुन्छः

भारतलाई विद्युत खरिद गर्न उर्जामन्त्रीको आग्रह

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले छिमेकी भारतलाई नेपालबाट विद्युत खरिद गर्न आग्रह गर्नु भएको छ ।

यसअघि नेपालले भारतबाट विद्युत खरिद गर्दै आएकामा अब छिट्टै नेपाल विद्युतमा आत्मनिर्भर हुने भन्दै विद्युत खरिदका लागि आवश्यक प्रक्रिया छिट्टै सक्न आग्रह गर्नु भयो ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा भारतीय ऊर्जा मन्त्रालयका सचिव संजिव नन्दन (एसएन) सहायसँग बुधबार मन्त्री पुनले अब हामी भारतमा बिजुली निर्यात गर्न सक्ने भएका छौं । त्यसका लागि जारी प्रक्रियाले गति लेओस् भन्नु भयो ।

मन्त्री पुनले दुई देशका प्राधिकरणबीच भएका सम्झौताअनुसार ऊर्जा मन्त्रालयबाट सहमति दिने काम छिटो गरिदिन आग्रह गर्नु भयो ।

जवाफमा भारतीय ऊर्जा सचिव सहायले विद्युत व्यापार सम्झौता र अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम छिट्टै अगाडि बढ्ने विश्वास व्यक्त गर्नु भयो ।

अरुण तेश्रो जलविद्युत आयोजनाको काम अगाडि बढाउन नेपाल सरकार र ऊर्जा मन्त्रालयले राम्रो सहजीकरण गरेको भन्दै सचिव सहायले प्रशंसा समेत गर्नु भयो ।

सचिव सहायले नेपाल(भारतबीच ऊर्जा क्षेत्रमा थप सहकार्य हुने र नेपालको जलविद्युत भारतको सौर्य र वायु ऊर्जाको पूरक हुने भन्दै सचिव सहायले नेपालको जलविद्युत क्षेत्रमा भारतबाट थप लगानी आउने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button