तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी गोपाल गौशालामा भौतिक पूर्वाधार थपिँदै

पर्वत-पर्वतको जलजला गाउँपालिका ७ धाईरिङमा गण्डकी गोरक्ष गौशालालाई नेपालकै पवित्र तिर्थस्थल र अध्ययन केन्द्रको रुपमा विकास गरिने भएको छ । स्थानीय मौलिक गाईको संरक्षण गर्दै आएको गण्डकी गोपाल गौशला क्षेत्रलाई तिर्थस्थल, पर्यटकिय क्षेत्र बनाउने र विश्वको ध्यान तान्ने योजना रहेको छ । गण्डकी गोपाल गौशाला सञ्चालक समितिका अध्यक्ष राजु आचार्यले गौशालालाई व्यवस्थित गर्ने, आश्रम स्थल बनाउने, मन्दिर निर्माण गर्ने लगायतका योजना रहेको बताउनुभयो ।

२०७१ सालमा पञ्चकोटको परिकल्पना गर्दा ताका ८ वटा गाई बाँधेर शुरु भएकोमा अहिले ३२ वटा पुगेका छन् । गौशालाको विकासमा गत मंसिरमा आयोजना गरिएको महायज्ञबाट संकलित रकम, प्रदेश सरकार र स्थानीय सरकारको अनुदान बाट भौतिक पूर्वाधार विकास गर्ने गरि डिपिआर निर्माण गर्न थालिएको आचार्यले जानकारी दिनुभयो ।

एक महिनाभित्रमा डिपिआर तयार गरिने आचार्यले बताउनुभयो । डिपिआर बनाएर गौशालामा भौतिक पूर्वाधारका काम शुरु हुने उहाँले बताउनुभएको छ । मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयन आचार्यको संकल्पमा २०७१ सालमा धाईरिङमा स्थानीयको सक्रियतामा गौशला निर्माण गरिएको थियो । गाईको संरक्षण गर्ने र गाईको महत्व मानिसहरुलाई बुझाउन गौशाला स्थापना गरिएको हो । स्थानीय जातको गाई धार्मिक रुपमा मात्रै नभई बैज्ञानिक दृष्टिले पनि उपयोगी मानिन्छ ।

गण्डकी गोपाल गौशाला प्रसिद्ध कालञ्जर क्षेत्रमा रहेको हुनाले यो क्षेत्रलाई धार्मिक तिर्थस्थलको रुपमा विकास गर्न सकिने प्रसस्त संभावना छ । स्थानीय बासिन्दाहरुको सक्रियतामा गौशाला निर्माण गरि भौतिक पूर्वाधार निर्माण गर्न थालिएकोमा गण्डकी प्रदेश सरकार र स्थानीय सरकारले पनि आर्थिक रुपमा सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button