उद्योग वाणिज्य महासंघद्वारा ३९ जिल्लामा तालिम सञ्चालन
काठमाडौं । साना तथा मझौला करदाताहरूलाई लक्षित गरी आन्तरिक राजस्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघले देशभर विभिन्न ३९ जिल्लामा ४६ वटा तालीम कार्यक्रम सञ्चालन भएको छ ।
करिब १एक हजार पाँच सय भन्दा बढी करदाता व्यवसायीहरू प्रत्यक्ष रूपमा तालीममा सहभागी भएर फाइदा लिएका छन् ।
तालीमको माध्यमबाट कर सम्बन्धी शिक्षा प्रदान गरी कर कानूनले निर्दिष्ट गरेका व्यवस्थाहरू परिपालना गर्न, कर फारामहरू भर्दा हुने त्रुटिहरू कम गर्न तथा कर सहभागितामा व्यवसायीहरूको अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो ।
आर्थिक ऐनले गरेका छुट, सुविधा तथा व्यवस्थाको बारेमा समेत साना करदाताहरुलाई जानकारी गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ ।
कार्यक्रममा विशेष गरी बिल विजक जारी गर्ने, खाता पाता कसरी चुस्त दुरुस्त राख्ने, कर गणना कसरी गर्ने, कर विवरणहरू कसरी भर्ने, अनलाइन विवरण बुझाउने तरिका जस्ता विषयमा केन्द्रित रही कर अनुपालना सम्बन्धमा जोड दिइएको नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्