तपाईँ सुन्दै हुनुहुन्छः

ब्राजिलमा पहिरोबाट ४२ जनाको मृत्यु 

साओ पाउलो –  ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

उद्धारकर्मीहरुका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै शुरु भएको पहिरोले बगाएको थियो ।

गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button