तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार बिरेन्द्र साहको हत्यारा १२ बर्षपछि पक्राउ

बारा ।  पत्रकार बिरेन्द्र साहको हत्या भएको झन्डै १२ बर्ष पछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिवार राती पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदारलाई बारागढी गाँउपालिका वडा नम्बर ६ गडहलबाट पक्राउ गरेको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

२०६४ साल असोज महिनाको १८ गते कलैयाबाट पिप्रा बजार जाने क्रममा पिप्रा बजारबाट तत्कालिन अवस्थामा भूमिगत रहेका नेकपा माओवादीले साहलाई अपहरण गरेका थिए ।

अपहरणपछि निर्मम तरिकाले हत्या गरीएका साहको शव गाडेको अवस्थामा ३५ दिनपछि टंगियाबस्तीको जंगलमा सडेगलेको अवस्थामा भेटिएको थियो ।

प्रहरीले कुकुरको सहयोगमा शव बरामद गरेको थियो । साहको हत्यामा हरेराम पटेल, लालबहादुर चौधरी, रामएवाल , सहनी र मैनेजर गिरी संगल्न रहेका छन् । गिरी भने जेलजीवन भोगी जेलमुक्त भईसकेका छन् भने अरु तिन जना अहिलेसम्म फरार छन् । फरार रहेकाहरुलाई पनि खोजी भईरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । यता फौजदार पक्राउ भएपछि प्रहरी उपरिक्षक पंगेनीको साहसी कामलाई सबैले प्रसंसा गरेका छन् । प्रहरी संगठनको नै शिर उच्च पार्ने काम भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । योविषयमा पत्रकारहरु पनि खुसी ब्यक्त गरिरहेका छन् । हत्यामा संलग्न रहेकाहरुलाई आजिवन करावासको फौसला भईसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button