तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु,६ घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

शरथचन्द राजमार्ग अन्तर्गत पाटनमा बिहान भएको जिप दुर्घटनामा जीप चालक दार्चुला दुहु गाउँपालिकाका ३५ बर्षीय धनसिंह बडालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दार्चुला दुहु ४ का २३ बर्षीय सुरेन्द्र बम, ३८ बर्षीय हरक सिंह बडाल, ४१ बर्षीय प्रेम बल्लब जोशी , ४१ बर्षीय धनराज जोशी, २० बर्षीय हेमन्ती बम र २२ बर्षीय द्रोपती जोशी रहेका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नावय उपरिक्षक डिल्लिनारायण पाण्डेले बताउनुभयो । घाईते सुरेन्द्र, हरक, प्रेम र धनराजको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।

धनगढीबाट दार्चुला जादैं गरेको अनटेष्ट (१२५७) जिप बिहान २ बजे दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ६ पनतोलीमा दुर्घटना भएको हो । जिप सडकबाट २५० मिटर तल खसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button