तपाईँ सुन्दै हुनुहुन्छः

आज १ सय १० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

काठमाडौं । आज १ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ‘समानताको पुस्ताः अन्त्य गरौ“ हिंसा, विभेद र असमानता’ भन्ने मूल नाराका साथ विश्वभर मनाइँदै छ ।

महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धिलगायत संयुक्त राष्ट्रसङ्घका विभिन्न महासन्धिहरूको पक्षराष्ट्र भएको नेपालमा महिलाहरूको अवस्था विगतका वर्षहरूमा भन्दा सकारात्मक हुँदै आएको भएपनि सन्तोषजनक मान्न सकिने अवस्थामा भने अझै पुगेको छैन ।

महिलासँग सम्बन्धित कानुनी प्रावधान एवम् राजनीतिक सहभागिताको अवस्थामा केही सुधार भएको छ ।  दिवसको अवशसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button