तपाईँ सुन्दै हुनुहुन्छः

‘कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारवाही गरिने’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

आज काठमाडौमा आयोजित साक्षात्कारमा मन्त्री भट्टले अत्यावश्यक वस्तुको अभाव नहुने र कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारवाही गर्ने बताउनुभयो ।

मन्त्री भट्टले सरकारले अहिले बजार अनुगमन एकीकृत रूपमा गरिरहेको जानकारी दिनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button