बीरगंजको छपकैयाको विद्युत सवस्टेशन सञ्चालनमा

बीरगंज । नेपाल विद्युत प्राधिकरणले बीरगंजको छपकैयामा निर्माण गरेको नयाँ सब स्टेशन सञ्चालनमा आएको छ ।
करिब तीन करोडको लागतमा ३३ केभिएि÷११ केभि को आठ एमभिए क्षमताको सब स्टेशन सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख शम्भु कुशियैत रायले जानकारी दिनुभयो ।
सब स्टेशन सञ्चालनमा आएसँगै बीरगंज महानगरको दक्षिणी क्षेत्रका वडाहरुका विद्युतका ग्राहकहरुलाई फाइदा पुगेको प्राधिकरणले जनाएको छ ।
वीरगंज महानगर क्षेत्रमा पावर हाउस, परवानीपुर र छपकैया गरी तीन स्थानमा सब स्टेशन राखिएको छ ।
हाल तिनै स्थानबाट विजुली आपुर्ती हुन थालेको वितरण केन्द्र वीरगंजले जनाएको छ । तिन वटै सब स्टेशन सञ्चालनमा आएसंगै बीरगंजमा अब विद्युत आपुर्ती सहज सहज बनेको र घरिघरि ट्रिपिङ हुने समस्याबाट राहत मिलेको नगरवासीहरुले बताएका छन् ।
बीरगंज महानगरको ३२ वटा वटामा ४७ हजार तीन सय छ ग्राहक रहेका छन् । महानगरको तीन वडामा नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र सिमराले विजुली दिने गरेको छ भने २९ वडामा पूर्ण रुपमा बीरगंज वितरण केन्द्रले विद्युत आपुर्ती गर्दै आएको छ ।
महानगरको वडा नं २९ र ३२ मा सिमरा वितरण केन्द्रले ५० प्रतिशत र ३१ मा पूर्ण रुपमा विजुली सेवा प्रदान गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्