तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ट्रक र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित पूर्व पश्चिम राजमार्गमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको भे ९ प ७८१७ नम्बरको स्कुटर र विपरित दिशातर्फ गइरहेको लु २ ख २३४० नम्बरको ट्रक एक आपसमा ठोक्किँदा स्कुटर चालक कपिलवस्तुका विष्णु बेल्वासेको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दुर्घटनामा घाइते बेल्वासेकी श्रीमती विन्दु बेल्वासे र छोरी विपनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक पबिन्द्र बमले जानकारी दिनुभयो ।

घाइते दुवैको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button