झापाको कचनकवल गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा

भद्रपुर, झापा । झापाको सुदूर दक्षिणी गाउँपालिका कचनकवल गाउँपालिकाले ग्रामीण क्षेत्रका जनताको सुविधाका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाले वडा नं ६ को बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहने गरी एम्बुलेन्स सेवा शुरु गरेको हो । शुक्रबार गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभएको थियो ।
अन्तर्राष्ट्रय झापाली समाजको आथिृक सहयोगमा करिब १० लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको अध्यक्ष आलमले जानकारी दिनुभयो ।
गाउँपालिकाभरी एम्बुलेन्सले सेवाग्राहीबाट पाँच सय रुपैयाँ र जिल्लाभरि प्रतिकिलोमिटर ग्राभेल सडकमा २५ रुपैयाँ र कालोपत्रे सडकमा २२ रुपैयाँ भाडा तय गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यसैगरी, जिल्लाबाहिर प्रति किलोमिटर १८ र पहाडि जिल्लामा प्रतिकिलोमिटर ५० रुपैयाँ भाडा लिइने अध्यक्ष आलमले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्