बीओपी टाघनढुब्बाका इन्स्पेक्टर चापागाईंविरुद्ध बिशेष अदालतमा मुद्दा

भद्रपुर, झापा । झापाको झापा गाउँपालिकास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट टाघनडुब्बा (बीओपी)का इन्चार्ज तथा प्रहरी निरीक्षक खगेन्द्र चापागाईबिरुद्ध बिशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक चापागाईबिरुद्ध बिशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो ।
सीमा क्षेत्रबाट हुने अवैध व्यापारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियारले चापागाईविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
गत फागुन २ गते घुस लिएको आरोप लागेका प्रहरी निरीक्षक चापागाईँलाई अख्तियारको टोली आएर नियन्त्रणमा लिएर सोधपुछका लागि काठमाडौँ लगेको थियो ।
अनुसन्धानको क्रममा चापागाईले घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्