भारतबाट नेपाल फर्किदै गरेका एक युवकको सवारी दुर्घटनामा मृत्यु

अछाम । भारतबाट नेपाल फर्किदै गरेका एक युवकको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
भारतमा नोकरी गरि घर फर्किरहेका अछामको चौरपाटी गाउँपालिकाका एक युवकको भारतको पलियामा दुर्घटनामा परी मृत्यु भएको हो ।
जिल्लाको चौरपाटी गाउँपालिका वडा नं.४ पायलका ४० वर्षीय हर्कबहादुर सुनारको भारतबाट अछाममा आउने क्रममा पलियामा बसको ठक्करबाट मृत्यु भएको उनका आफन्त शेरबहादुर सुनारले जानकारी दिनुभयो ।
मुम्वईबाट पलिया पुगेपछि नेपाल आउने क्रममा सामान बसबाट झार्ने क्रममा अर्को बसको ठक्करबाट उनको ज्यान गएको हो ।
गम्भीर घाईते सुनारको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको आफन्तले जानकारी दिएका छन् । मृतक सुनारका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्