तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गयो

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर शनिबार एक जनाको ज्यान गएको छ, भने अर्का एकजना घाईते भएका छन् । शनिबार बिहान बर्षासँगै परेको चट्याङ लागेर भिमफेदी गाउँपालिका–९ च्याउखोलाका २३ बर्षीय विजय स्याङ्ताङको ज्यान गएको हो ।

चट्याङले लागेर घाईते भएका स्याङतानको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी चट्याङ लागेर स्याङ्तानकी श्रीमती २२ वर्षीया सविता स्याङ्ताङ घाईते भएको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुसिल सिंह राठौरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button