दार्चुलामा विद्युतीकरणका लागि दश करोड बजेट विनियोजन

दार्चुला । चालु आर्थिक वर्षमा दार्चुलाका नौ वटै स्थानीय तहमा विद्युतीकरणको लागि १० करोड रुपैयाँ विनियोजन भएको छ । यहाँका सबै स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन पुर्याउन बजेट विनियोजन गरको हो ।
यसवर्ष विद्युतिकरणको लागि सबैभन्दा बढी लेकम र मालिकार्जुन गाउँपालिकामा दुई÷दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ । मार्मा, अपिहिमाल, नौगाड, दुहुँ, व्यास गाउँपालिकामा विद्युतीकरणको लागि एक एक करोड रुपैयाँ बजेट विनियोजन भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रप्रमुख दयाराम शाहले बताउनु भयो ।
यस्तै महाकाली नगरपालिकाको लागि ६० लाख तथा शैल्यशिखर नगरपालिकाको लागि ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विद्युत प्राधिकरणले जिल्लाका सबै घरधुरीमा विद्यूतको पहुच पुगाउन कार्य थालेको जनाएको छ ।
हिलेको बजेटमार्फत सबै स्थानीय तहमा राष्ट्रिय प्रसारण लाईनको पहुँच पुर्याइने नेपाल विद्युत प्राधिकरण दार्चुलाको योजना छ । चमेलीया जलविद्युत लगायतका ठूला विद्युतगृह रहेको दार्चुलामा अझै पनि धेरै घरधुरी उज्यालोबाट बन्चीत छन् ।








प्रतिक्रिया राख्नुहोस्