तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको सखुबनीयामा करेन्ट लागेर वृद्धको मृत्यु

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ सुखवनियामा ६३ वर्षीय वृद्ध विश्वनाथ चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

गएराति ९ बजेतिर आफ्नै घरमा बल्ब बाल्नका लागि चिसो हातले स्विच थिच्ने क्रममा नाङ्गो तार अचानक छुन पुग्दा चौधरीलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर बेहोस भएका चौधरीलाई राति नै उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याइएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चौधरीको शव आज नारायणी अस्पतालमै पोस्टमार्टम गरेर परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button