तपाईँ सुन्दै हुनुहुन्छः

माइभ्याली गोल्डकपः उपाधि होडमा आयोजक र मच्छिन्द्र क्लब

इलाम । इलाममा जारी माइभ्याली गोल्डकपको छैटौं संस्करणको शनिबार फाइनल खेल हुँदैछ । उपाधिका लागि आयोजक माइभ्याली फुटबल क्लब र मच्छिन्द्र क्लब काठमाण्डौ भिडदै छन ।

शुक्रबार भएको प्रि म्याच कन्फरेन्समा फाइनलका लागि टोली तयार रहेको दुवै टोलीका प्रशिक्षकले बताए । उपाधि हात पार्ने दुवै टीमको दाबी छ ।

विभिन्न क्लबमा आबद्ध खेलाडीहरु समेटेर टिम निर्माण गरेको आयोजक मच्छिन्द्रलाई हराउँदै उपाधि जित्ने दाउमा छ । पहिलो पटक फाइनलमा प्रवेश गरेको आयोजक निकै उत्साहित छ ।

मिश्रित टिम भएकोले मछिन्द्रलाई हराउन आयोजकलाई सहज नहुन सक्छ । मच्छिन्द्र सँग खेल्न पाउनु भाग्यकोे कुरा भएको भन्दैै दबाब नभएकोले खेल्न सहज हुने र टिममा दक्ष खेलाडी भएकोले जित्न सक्ने प्रशिक्षक दर्शन राजभक्त बताउछन ।

घरेलु मैदानको फाइदा उठाउदै उपाधि जित्ने उच्च मनोबलका साथ खेल्ने उनको भनाई छ ।

फाइनल खेलमा दबाब हुने भए पनि आफ्नै रणनिति अनुसार खेल्ने मच्छिन्द्रका प्रशिक्षक प्रबेश कटुवालले बताए । आयोजक पहिलो पटक फाइनलमा पुगेकोले घरेलु टिमलाई हराउन सहज नहुने उनले बताए ।

प्रतियोगितामा नेपालका ६ र विदेशी ४ टिमको सहभागिता रहेको गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button