तपाईँ सुन्दै हुनुहुन्छः

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल

फाइल तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको विषयमा प्रस्तुत भएको अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफल जारी रहेको छ ।

बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले उक्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्चनका लागि एकीकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्न र त्यसलाई कार्यन्वयनमा लैजान सरकारलाई आग्रह गर्नुभयो ।

सांसद थापाले हालसम्म नेपालमा कोरोना नदखिए पनि नेपाल कोरोना मुक्त देश भनेर ढुंकसँग बस्ने अवस्था नरहेको भन्दै भय र त्रास फैलाउने भन्दा पनि जनतामा सही ढंगले सूसुची गर्दै संक्रमणबाट जोगिन समयमा नै प्रभावकारी कदम चाल्नु पर्ने बताउनुभयो ।

उक्त जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै सांसदहरुले विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले गरिरहेका प्रयास, अस्पतालको अवस्था र तयारीका विषयमा सदनलाई जनाकारी गराउन सरकारसँग माग गर्नुभयो ।

सांसदहरुले पछिल्लो समय विदेशबाट आउने सवैलाई निगरानीमा राखिएको भन्दै विदेश गएर आएका मन्त्री र सांसदहरुलाई समेत क्वारेन्टाइनमा राख्न आवश्यक रहेको बताउनुभयो ।

विश्व व्यापी जनस्वास्थ्य आपतकालको यस अवस्थामा नेपालको संभाव्य जोखिमसँग जुध्नका लागि सबै तहका सरकारहरु, सरकारी गैरसरकारी सबै निकाय, आम जनसमुदाय सवै एक जुट भई साझा अभियानका रुपमा अगाडी बढाउनु पर्नेमा सासंसदहरुले जोड दिनुभयो ।

कोरोना भइरसको जोखिम बढेको विषय बाहिर आएसँगै बजारमा कृतिम अभाव शुरु गरिएको, मास्क, सेनीटाइजर, खाद्यन्न लगायतका दैनिक उपभोग्य बस्तुमा समेत कालोबजारी शुरु भएको विषयमा सरकारले समयमानै ध्यान दिनुपर्नेमा समेत सांसदहरुले जोड दिनुभयो ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफल जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button