तपाईँ सुन्दै हुनुहुन्छः

महिला दिवसमा राज्य व्यवस्था तथा सुशासन समितिको भेटघाट

काठमाडौँ । एक सय १०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पत्रकार महिलासँग छलफल कार्यक्रमको आयोजना गरेको छ ।

समितिले आज आयोजना गरेको छलफल कार्यक्रममा सभापति शशी श्रेष्ठले नेपालमा महिला सम्बन्धि प्रगतिशील कानून बनेको भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

महिलाको नेतृत्व स्थापित गर्न महिलाहरुमा एकता हुनुपर्नेमा जोड दिँदै सभापति श्रेष्ठले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई महिलाहरुको एकता, संघर्ष र मुक्तिको दिनका रुपमा मनाउन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व मन्त्री एवं सांसद रेखा शर्माले संबैधानिक रुपमा महिलाले हासिल गरेका उपलब्धि कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा सांसद यशोदा सुवेदी गुरुङले महिलाले हासिल गरेका उपव्धिहरु संस्थागत गरिनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा बरिष्ठ पत्रकार बबिता बस्नेतले अहिलेको मन्त्रीमण्डलमा संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिला सहभागिता नहुनु दुखद भएको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button